![](https://www.anirudrakhabar.com/wp-content/uploads/2022/09/Death_ODb9GUwRk3-1024x680.jpg)
हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं.६ मा शनिबार दिउँसो पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका ६ टिकुले टोल बस्ने ६ वर्षीय सन्दीप स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका सन्दीपको उपचारको क्रममा सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा दिउँसै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
मृतकको शव पोष्टमाटमका लागि सामुदायिक प्रसुति गृहअस्पताल निजगढ बारामा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्