हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ को अध्यक्षमा राजकुमार फुयाल सर्वसम्मत चयन भएका छन्। समितिको आइतबार सम्पन्न वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको बन्दसत्रले फुयालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिकृष्ण पुडासैनी, सचिवमा प्रदीप ढुङ्गाना, सहसचिवमा सविता सुब्बा र कोषाध्यक्षमा नानीमाया रुम्बा चयन भएका छन। सदस्यहरूमा डिल्लीप्रसाद चौलागाईं, केशवप्रसाद कोइराला, इन्दिरा रेग्मी, अशोक न्यौपाने, मञ्जु अधिकारी र कविता राई चयन भएका हुन्।

साधारणसभामा समितिका अध्यक्ष बासुदेव खतिवडाले संस्थागत प्रतिवेदन, सचिव राजकुमार फुयालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमाया रुम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  हेटौँडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष बासुदेव खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

कार्यक्रममा वडा सदस्य विजय पौडेल, सरिता सापकोटा, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सभापति महेन्द्रकुमार श्रेष्ठ, नेपाली कांग्रेस हेटौँडा–६ का सभापति रामहरि तिमल्सिना, नेकपा (एमाले) हेटौँडा–६ का अध्यक्ष विश्वराज राई, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, हेटौँडा–६ भूगोल इन्चार्ज गोमा लामिछाने, शान्तिटोल टोल विकास संस्था अध्यक्ष केशव धिताल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, मुनलाइट इन्टरनेसनल स्कुलका प्रबन्ध निर्देशक भरत सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

हेटौँडा–६ मा हाल २३ वटा टोल विकास संस्था रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी