हेटौँडा । हेटौँडा–२ स्थित मङ्गलवार विहान मकवानपुर बहुमुखी क्याम्पस अगाडि एक घरमा सुतिरहेको स्थानमा एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत अवस्थामा फेला पारेका व्यक्ति मकवानपुरगढी गाउँपालिका वडा नं. ३ घर भएका ५२ वर्षीय इन्द्र प्रसाद खड्का रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनी सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको र शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाइएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।