हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का १३ वर्षीय रोहित रुम्बा छन् ।

मकवानपुर प्रहरीका अनुसार बुधबार दिउँसो इन्द्रसरोवर ५ बाघखोरस्थित रोड निर्माणको लागि खडा गरेको क्रसरको ट्रान्समिटरको तार छुँदा राकेश रुम्बाका १३ वर्षीय छोरा रोहितको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले मृतक रुम्बाको मानसिक अवस्था ठीक थिएन। प्रहरी चौकी फाखेल र इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले मुचुल्का उठाई घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता भण्डारीले बताए । शवको पोष्टमाटमका लागि टिचिङ अस्पताल काठमाडौं पठाईएको छ ।