हेटौँडा । ५२  विश्व औं वातावरण  दिवसको अवसरमा  हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय हेटौँडा–१६ कि छात्रा रोजिना तिमल्सिना प्रथम भएकी छिन । 

जैविक विविधता संरक्षणमा  सामुदायिक  वन समूहको भूमिका र दायित्व  विषयक वक्तृत्वकला प्रतियोगितामा भानु माध्यमिक विद्यालय गढी–३ कि छात्रा अप्सरा लम्साल द्वितीय र बुद्ध माध्यमिक  विद्यालय हेटौँडा–१२ कि छात्रा रोजिना घलान तृतीय  भएकी छिन ।

हेटौँडा–६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष  विष्णुप्रसाद  न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगितामा सुनिल शिवाकोटी, यदु कुमार घिमिरे र पूर्णभद्र चौलागाईँ निर्णायक रहेका थिए । 

कार्यक्रममा  सामुदायिक  वन उपभोक्ता  महासङ्घका केन्द्रीय  सदस्य रामहरि चौलागाईँ , मकवानपुर  अध्यक्ष  साधुराम चौलागाईँ, अशोक सामुदायिक  वनका अध्यक्ष  रमेश कुमार राई, समूहका उपाध्यक्ष  केशव धिताल , सचिव नानी माया रुम्वा, प्रदिप ढुङ्गाना, कार्यसमिति, लेखा समिति, उपभोक्ता  लगायतको  सहभागिता थियो । प्रतियोगितामा विभिन्न ९ विद्यालयका १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

भीमसेन पौडेल
थप जानकारी