हेटौँडा । विषादी सेवन गर्दा हेटौँडामा एकजनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–७, न्युरेनीका अन्दाजी ५९ बर्षीय दिपक थापाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी हेटौँडा अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।