File photo
File photo

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा विद्युत लाइन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थाहा नगरपालिका–४ जुरेथुम बस्ने ६८ वर्षीय ज्ञान बहादुर बलको ढुङ्गा माटो जस्ता पाताले बनेको २ तले कच्ची घरमा बिजुलीको तार सट भइ आगलागी हुँदा घर जलेर नष्ट भएको हो ।

शुक्रबार दिउँसो आगलागीबाट घर पूर्ण रुपमा क्षति भइ घरमा भएको चामल ५ बोरा, मकै २ मुरी, काठ, जस्ता पाता र लत्ता, कपडा जलेर नष्ट भएको हो । उक्त घरमा घर भाडा लिई किराना पसल व्यवसाय गर्दै आउनुभएका मकवानपुर थाहा नगरपालिका–४ फापरबारी बस्ने २८ वर्षीय राम बहादुर गोलेको किराना पसलमा भएको चाउचाउ, बिस्कुट, कुरमुरे लगायतका सर सामान जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन । प्रहरी, स्थानीय र नगरपालिकाको सहयोगमा करिव ५० मिनेटपछि आगो नियन्त्रणमा आएको थियो ।