
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरेमा रुखबाट लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय बर्ष ४९ की भगवति ओझा रहेकी छन् ।
शनिबार आफ्नै घर नजिकै रहेको आँपको रुखमा आँप टिप्न जादा अन्दाजी १० मिटरमाथिबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारको लागि मनहरी अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
Visited 1,055 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्