हेटौँडा । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपको हेटौँडास्थित पुरानो सामान राखेको स्थानमा आगलागी भएको छ ।
हेटाैडा उपमहानगरपालिका ५ भैरवरोडमा रहेको विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपको पुरानो सामान राखेको स्थानमा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पुरानो सामान राखेको स्थानमा अचानक आगलागी भएको र क्षतिको विवरण यकिन नभएको प्रहरीको भनाई छ । उक्त आगलागी नेपाल प्रहरी, हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत् प्राधिकरणका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्