हेटाैँडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कास्थित पूर्व–पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हो ।

मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६० वर्षीय महिलाले बाटो ‘क्रस’ गर्ने क्रममा ठक्कर दिइ मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

मोटरसाइकल चालक मनहरी गाउँपालिका–६ का ३२ वर्षीय मन्शु गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Visited 378 times, 1 visit(s) today