हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष एवम् भुटनदेवी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले विद्यालय तहबाटै विद्यार्थीलाई व्यावसायिक शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

भुटनदेवी माविको आयोजनामा विद्यार्थीलाई व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको उद्घाटन गर्दै विद्यार्थीको चौतर्फी विकासकालागि  व्यावसायिक सीप सम्बन्धी तालिम दिइएको हो । विद्यालयको आन्तरिक श्रोतबाट तालिमको आयोजना गरिएको छ ।

सौत्रान्तिक शिक्षाको अलवा विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आइरहेको भुटनदेवी विद्यार्थीको रोजाईको सामुदायिक विद्यालय हो । शिक्षाको गुणस्तर थप सुधार गर्दै अगाडि बढिरहेको विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दहालले बताए ।

विद्यालयले सञ्चालन गरेको तालिममा हेयर कटिङ २०जना, बेसिक ब्युटी पार्लर २० जना र बेसिक ईलोक्टिसियन २० जना विद्यार्थी सहभागी रहेको भरत पोखरेलले जानकारी दिए ।

कार्यक्रममा हेयर कटिङ्गका प्रशिक्षक किरण अधिकारी र ईलोक्टोनिक प्रशिक्षक ज्ञानेन्द्र देवकोटाले तालिमको महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सह प्रअहरू बेदराज कोइराला, भरत पोखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि तह संयोजक सङ्गीता उप्रेती, आधारभूत तह श्याम बजगाईँ, प्रावि संयोजक मुकुन्द न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Visited 11 times, 1 visit(s) today