
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन । दुर्घटनामा मकवानपुर भिमफेदी–५ सुपिङ बस्ने ४४ वर्षीय लीलानाथ पुडासैनी र सोही स्थान बस्ने ३३ वर्षीय लक्ष्मी वाइबा घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिए।
पुडासैनीको बायाँ खुट्टामा चोट लागेको छ । उनको हेटौँडा अर्थोपेडिक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौँमा रिफर गरिएको छ । बाइवाको बायाँ हातमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भएको थियो ।
भिमफेदी सुपिङभित्रि सडकखण्डमा सुपिङबाट भीमफेदी आउँदै गरेको ना.२ ह २६९८ नम्बरको अटो ब्रेक फेल भएर सडकमा पल्टिँदा दुर्घटना भएकाे थियो । अटोमा चार जना सवार थिए । अटो चालक सम्पर्कमा नरहेकाले खोजतलास कार्य भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्