हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको विद्यार्थीहरूले अवलोकन गरेका छन् ।
सुदूर पश्चिम विश्वविद्यालय स्कुल अफ नेचुरल म्यानेजमेन्टका बिएससी फरेष्टी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले रानी वनको अवलोकन गरेका हुन् ।
रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, सदस्य पूर्णभद्र चौलागाई, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु हरिचन्द्र सापकोटा लगायतकाले समूहले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए ।
सहभागीहरूलाई वन संरक्षण, संवर्द्धन, संस्थागत विकास, महिला सहभागिता, आयआर्जन, गैह्र काष्ठ वन पैदावार, सालक संरक्षण, पर्यापर्यटन, सामाजिक कार्य, समूहले प्राप्त गरेका पुरस्कार लगायतको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले रानी सामुदायिक वनले वनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए ।
उक्त विश्वविद्यालयका उपप्राध्यापक हेम चन्द्र जोशीको नेतृत्वमा आएको भ्रमण दलमा विश्वविद्यालयका जयराज जोशी, विद्यार्थी लगायतको सहभागिता थियो ।
हाल सम्म उक्त समूहको ५ सय ७९ वटा भ्रमण टोलीले अवलोकन गरिसकेको समूहले जनाएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्