हेटौंडा । मकवापनुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७४४ मत ल्याएका छन् । उनका प्रत्याशी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो ।

यसअघि पनि यस वडामा कांग्रेस विजयी भएको थियो ।