हेटौंडा । मकवानपुरको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनको मतगणना हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले शनिबार सुचना जारी गरी मतगणना स्थलको जानकारी दिएको हो । मतगणना स्थलमा सीसीटीभी जडान गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मतगणना स्थलमा तारजालीसहितको घेरबार समेत गरिएको निरौलाले बताए । यसअघि स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मतगणना सिदार्थ माविमै गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्