हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । आइतबार दिउँसो अन्दाजी ३० वर्षीय प्रकाश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाँकेको पैजापुर गाउँपालिका ४ घर भई हेटौंडा १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारूलाई मोटर लगाई इनार खन्ने क्रममा करेन्ट लागेको थियो ।

अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा उनी बेहोस् भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।