हेटौंडा । आम निर्वाचन २०७९ अन्र्तगत आईतबार साँझ सकिएको मतदानको मतगणना मकवानपुरमा सोमबार गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार विहान ८ बजेका लागि सर्वदलिय वैठक डाकिएको छ । ‘सर्वदलिय वैठकबाट भएको सहमति अनुसार मतगणना प्रक्रिया अगाडि बढाउने छौं ।’, उनले भने ।

‘विकट स्थानबाट मतपेटिका ल्याउन समय लाग्ने देखिन्छ ।’, उनले अहिले मतपेटिका संकलन कार्य भइरहेको बताए । राति करिब २ बजेसम्ममा मतपत्र आइसक्ने अनुमान गरिएको छ । एकैपटक आठ स्थानमा मतगणना गर्ने तयारी जिल्ला निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको छ । प्रजिअ पाण्डेका अनुसार जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ ।