सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् ।

गाजापट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले भग्नावशेषमुनिबाट केही सामान सङ्कलन गर्ने प्रयास गरिरहेका छन् । युद्धअघि आफूहरु सुरक्षित रूपमा बसेको भए पनि युद्ध सुरु भएपछि भवनहरू ध्वस्त पारेको उनीहरुको भनाइ छ ।

इजरायलविरूद्ध हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली हमलाहरूपछि दुई पक्षहरू गत हप्ता चार दिनको मानवीय युद्धविराममा पुगेका थिए । इजरायल–हमास द्वन्द्वमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको प्यालेस्टिनले जनाएको छ ।

इजरायलले हमासको आक्रमणमा करिब १२ सय व्यक्तिको मृत्यु भएको र दुई सयभन्दा बढी व्यक्तिलाई बन्धक बनाएको बताएको छ ।