कतार । नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन भएका छन । नेपाल पत्रकार महासंघ कतारको आठौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

कतार शाखा उपाध्यक्षमा अर्जुन पौडेल, सचिवमा दिलिप पराजुली, सह–सचिव शारदा भुजेल र कोषाध्यक्ष कुमार अविरल पन्थी चयन भएका हुन । शाखाको सदस्यहरुमा क्रमशः साबित्रा शर्मा, उद्वव मगर, सन्तोष केसी, टेकराज थापा चयन भए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रदिप काफ्ले, कतार शाखा अध्यक्ष करिम बक्स मिया लगायतकाको सहभागिता रहेको थियो ।