काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘गैर–बैंक वित्तीय संस्था सुपरिवक्षण विभाग’ स्थापना गरेको छ ।

शुक्रबार एक सूचना निकाल्दै बैंकले फागुन १ गतेदेखि कार्यान्वयन हुने गरि उक्त विभाग स्थापना भएको जानकारी गराएको छ ।

बैंकको माघ १३ गतेको निर्णानुसार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी राष्ट्रिय सहकारी बैंकको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन लगायत सुुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्ने कार्यदिशासति उक्त विभाग स्थापना गरेको हो ।

यस्तै, बैंकले विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनीहरुको सुपरिवेक्षण् विभागलाई एकीकृत गरि वित्तीय संस्था सुपरिवेक्षण् विभाग पनि स्थापना गरेको छ ।

यो विभाग पनि आउँदो फागुन १ गतेदेखि नै कार्यान्वयन हुनेछ ।