हेटौंडा । हेटौंडामा सडक खाना महोत्सव सुरु भएको छ । शुक्रबारदेखी हेटौंडा ४ हुप्रचौरको पुर्वक्षेत्रको सडकमा खाना महोत्सव सुरु भएको हो ।

मकवानपुर होटल एशोसिएसनको आयोजनामा भएको महोत्सवको शुक्रबार हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गरेकी छिन् । उद्घाटन गर्दै प्रमुख लामाले स्थानीय उत्पादित वस्तुको विभिन्न परिकारलाई प्रवद्र्धन गर्न खाना महोत्सवले थप टेवा पुग्ने बताईन् ।

तीन दिन सम्म सञ्चालन हुने महोत्सवमा शाहाकारी र मांसाहारीका परिकारका स्टलहरु रहेका छन् । नयाँ वर्ष २०२४ लाई स्वागत गर्दै महोत्सवको आयोजना गरिएको हो । महोत्सव शनिबार र आइतबार पनि लाग्ने छ ।