हेटौंडा । मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरको १२ औँ वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । एशोसिएसनका अध्यक्ष नवराज चौलागाईका सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा आर्थिक मन्दीको चपेटा, व्यापार व्यवसाय धरासायी, बैंकको ताकेताका साथै सडक विस्तारको चर्चा चलेको थियो । सभालाई सम्बोधन गर्दै मउवा संघका अध्यक्ष गुप्ताले मउवा संघ शुद्ध व्यवसायीको साझा संस्था रहेकाले संघले व्यवसायीकै पक्षमा बोल्दै आइरहेको र आगामी दिनमा समेत व्यवसायीकै पक्षमा उभिने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष माधव न्यौपाने, एशोसिएसनका सल्लाहकार महेन्द्र राउत, मउवा संघका उपाध्यक्ष राजु अधिकारी, नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्य, बागमती प्रदेश अध्यक्ष एसीस रिजाल, फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, घर बहाल संघका अध्यक्ष समीरमान डंगोल, क्यान महासंघ मकवानपुरका अध्यक्ष शिव श्रेष्ठलगायतले आफ्नो भनाई राखेका थिए ।

एशोसिएसनले आव २०७९÷०८० मा एक लाख ६९ हजार ४४३ रुपैयाँको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष चौलागाईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव दाहालले वर्षभरी गरिएका विभिन्न कार्यसम्पादनहरुको विवरण प्रस्तुत गरेका थिए ।