हेटौंडा । प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नं १९ बस्तीपुरमा सञ्चालित थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रर्वद्धनका लागि ७ दिने उद्यमशीलता तथा सीप विकास तालिम सकिएको छ ।

प्रदेश युवा परिषद बागमतीका कार्यकारी अध्यक्ष सन्तोष चौलागाइँको प्रमुख आतिथ्यता एवं हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनका अध्यक्ष अनन्त कुमार बनियाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, टोल बिकास सस्था नगर समन्वय समितिका सदस्य अन्जु पण्डित, जनजागरण दुद्य उत्पादन सहकारी संस्थाका अध्यक्ष देवेन्द्र अर्याल लगायतकाको उपस्थिति रहेको थियो । 

सात दिन सम्म सञ्चालन गरिएको तालिममा आठ जना प्रशिक्षकहरूले व्यवसायको अर्थ तथा परिभाषा स्व–विश्लेषण-मुल्यांकन र पृष्ठपोषणको आबस्यकता र महत्व, सफल उद्यमीका विशेषताहरू, व्यवसायिक योजनाको अर्थ, आवश्यकता र महत्व, व्यवसायिक योजना ,उत्पादन योजना, स्व–रोजगार र ज्यालादारी काममा भिन्नता, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापनका, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीतिनियम लगायतका विषयमा सहजिकरण गरिनुका साथै चटपटे, पानीपुरी , मम, चाउमिन  लगायत निर्माण तालिम तथा अभ्यासात्मक क्रियाकलाप गरिएको थियो ।

तालिममा अनन्त बानियाँ, जिल्ला कृषि सहकारी संघका नरेश आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, सुनिल राई राकेश शाह, सुरेश श्रेष्ठ लगायत प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।