हेटौडा । हेटौडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले २६ औ वार्षिकोत्सब मनाएको छ ।

संस्था स्थापनाको अवसरमा २ जना ज्येष्ठ शेयर सदस्यलाई दोसल्ला र लौरो प्रदान गरिएको थियो । शेयर सदस्य सीतादेवी पराजुली र होमनाथ विडारीलाई हेटौडा १७ का वडा अध्यक्ष उद्वव सत्यालले दोसल्ला र लौरो प्रदान गरे ।

संस्थाका अध्यक्ष उदय बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव सापकोटा, निवर्तमान अध्यक्ष गौरव कुमार पराजुली , उपाध्यक्ष उदय प्रकाश दहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदृेश उपाध्यक्ष रुपेश दुलाल, पत्रकार सुनिल शिवाकोटी , सञ्चालक समिति, ऋण उपसमिति, शेयर सदस्य, कर्मचारी लगायतको सहभागिता थियो ।

वार्षिकोत्सवको अवसरमा संस्था परिसरमा दीप प्रज्वलन समेत गरिएको थियो ।  संस्थामा ६ सय ४५ जना शेषर सदस्य आवद्व रहेका छन ।