हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ३५ करोड लागतमा बस टर्मिनल निर्माण भईरहेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माण हुन थालेको एक वर्ष भएकोे हो । ३५ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले निर्माण गरिरहेको बस टर्मिनलको ५० प्रतिशत काम सकिएको छ ।

योजना अनुसार चार तलाको भवन हुनेछ भने मुनिका दुई तलामा पार्किङ र माथिल्ला दुई तलामा व्यापारिक कम्प्लेक्स रहनेछ । रसुवा, आसिस, बानियाँ जेभीले ठेक्का मार्फत काम गरिरहेको छ । यो बस टर्मिनल बनेपछि यात्रु तथा बस व्यवसायी सबैलाई सुविधा हुने छ ।