हेटौंडा । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी (इभी) को हेटौंडामा आइतवार ‘एक्सपरेन्शियल ड्राइभ’ टेस्ट ड्राइभ कार्यक्रम भएको छ ।

पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) प्रति आर्कषण बढी रहेको सन्र्दभ पारेर आयोजना गरिएको टेस्ट ड्राइभ कार्यक्रममा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको सिप्रदीले दावि गरेको छ । सन्तुलित वातावरण, न्यूनतम सञ्चालन खर्च लगायतका कारण नेपालमा विद्युतीय गाडीप्रति आर्कषण बढेको एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टकी अनिता गौतमले जानकारी दिइन् ।

हेटौंडाको एक होटलमा विहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा इभिप्रति रुची राख्नेहरुको उल्लेख्य उपस्थिती रहनुका साथै ग्राहकहरुलाई खरिद गर्न सहजताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता रहेको गौतमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएकी हुन् ।

पछिल्लो समयमा इभीहरु दक्षिण एसिया सँगसँगै नेपाली भूभाग लागि एकदम सुहाउँदो र नेपाली बजारमा सर्वाधिक रुचाइएको कम्पनीले जनाएको छ । टाटा ब्रान्डका टिगोर र नेक्सन इभीहरु अन्य भन्दा विशेष भएकोले पनि यो सफलता हासिल कम्पनीको दावी छ ।

इभीमा समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गर्नुका साथै नेक्सन इभीको बाहिरी र भित्री बनावट आकर्षक, बलियो एवं आरामदायी रहनुका साथै ग्राउन्ड क्लिएरेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।