हेटौंडा । गजल मञ्च मकवानपुरको १८५ औं गजल यात्रा भएको छ । शनिबार मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार तथा गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गजलकार यादव श्रेष्ठ र राम कार्कीले २ वटा गजल गायन गरेका थिए । त्यस्तै अनिता न्यौपाने, माधव पोखरेल, डिबी वर्तौला, बगेकी गंगा, सानुबाबु खनाल, किसन पौडेल, श्रीराम अधिकारीलगायतले गजल बाचन गरेका थिए । त्यस्तै कार्यक्रममा आरसी रिजाल, छवि अनित्य, राजकुमार लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी