** गजल **

जीन्दगीका सारा नदी सँगै तर्न पाएहुन्थ्यो
तिम्रो मेरो यो मायाको रङ्ग भर्न पाएहुन्थ्यो

आनाकानी नगर्नू है तिम्लाई मेरो पाप लाग्ला
मिठामिठा तिमीसँग बात गर्न पाएहुन्थ्यो

ओइली जान लागे तिमीसँग जीउँने चाह
चमेली त्यो फूलझैँ प्रेमको बास्ना छर्न पाएहुन्थ्यो

कति एक्लै बस्नुहोला भोक प्यास सहिकन
चखेवाको जोडी जस्तै सँगै चर्न पाएहुन्थ्यो

नभुल्नू है आशा गर्छु बोलेका ती बाचाहरु
सत्यहोला जनम् जनम् तिम्रै भइ मर्न पाएहुन्थ्यो

दिनाङ्क : २०७२ भदौ १६

अनिता नेम्बाङ्ग राई
थप जानकारी