हेटौंडा । साहित्य सङ्गम मकवानपुरको ३३४ औँ नियमित सन्ध्या एवं १६ औं अधिवेशनको अवसरमा शनिवार हेटौंडामा युवा पत्रकार केशव समर्पण सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुरका विभिन्न गतिबिधिहरुलाई प्रदेश सञ्चार डटकम मार्फत जनसमक्ष पुर्याएको भूमिकाको कदर गर्दै प्रशंसापत्र सहित सपर्पणलाई सम्मानित गरिएको हो ।

उनी संगै अन्य विधामा सङ्गमले नवोदय विद्यालयका निर्देशक दीपेश जोशी, प्याव्सन र बालजागृतिको सम्मान विनोद सुवेदी र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सम्मान हरिवंश भेट्वाललाई प्रदान गरिएको थियो । कार्यक्रममा ५ जना नवसर्जक साहित्यकारले आ–आफ्नो रचना वाचन गरेका थिए ।

संस्थाकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमम साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष तथा सल्लाहकार आर.सी. रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

मकवानपुरे साहित्यकारहरुको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरमा २ सय ४४ जना आवद्ध रहेका छन् । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष निमेष निखिल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो। सङ्गम मकवानपुरको १६ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयन हुनेछ ।