हेटौंडा । साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिबी बर्तौला विजयी भएका छन् ।

सङ्गमको आज हेटौंडामा भएको १६औं अधिवेशनमा बर्तौलाले ९७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनको निकटतम प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा सानू खनाल विजयी हुँदा सचिवमा मनोज पोखरेल विजयी भए ।

साहित्य सङ्गम मकवानपुरको अन्तिम मत परिणाम
कुल मत : २४४
खसेको मत :१८२
बदर मत : ३

अध्यक्ष तर्फ
डिबी बर्तौला : ९७ (विजयी)
पुरुषोत्तम आचार्य : ८१

उपाध्यक्ष
एस के निधन : ५६
सानू खनाल :१२१ (विजयी)

सचिव
मनोज पोखरेल : ११० (विजयी)
यश लामा : ६७

सदस्यहरु

रजनी पौडेल : १२४ (विजयी)

स्वस्तिका बानियाँ : ११८ (विजयी)

कृतिका लौडारी : ९९ (विजयी)

कुबेर परजुली:८३ (विजयी)
मिनप्रसाद लामिछाने : ७६
बैकुण्ठ लामिछाने : ७५
सिएम रिमाल : ७९