हेटौंडा । प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट २० वटा कविता छनौट भएका छन् । प्रतियोगिताको लागि सहभागिता जनाएको १ सय ५३ वटा कवितामध्ये उत्कृष्ट २० कवि र कविताको नामावली सार्वजनिक गरिएको हो ।

छनौट हुनेमा चितवन जिल्लाका अज्ञान प्रदीपको कुण्डली, सिरहाका अविनाश भट्टराइको पाइतालाहरु, गोरखाका आदित्य राम (रिजन)को नास्तिक भगवान, मकवानपुरका उत्सव राज चौलागाईको पसिनाको दैनिकी, स्याङ्जाका ऋषिराम पाण्डेयको शान्तिको विरुवा, रसुवाका एलिसा एकलासको निर्धो वक्ररेखा, गोरखाका एस आरु दुवाडीको डाएरीको पानाबाट, नुवाकोटका गीता पुडासैनीका सडक कविता रहेका छन् ।

यसैगरी दैलेखका दिपिन सिजापतिका अर्ती, भक्तपुरका देवेन्द्र अधिकारीको दिवा रात्री, तनहुँका भीमप्रसाद खतिवडा अनुरागको मेरो यात्रा, काठमाडौंका मोहित जोशीको कायाकल्प, धादिङका रञ्जिता अधिकारीको मध्यपूर्वको भूगोलबाट, मकवानपुरका विशप आचार्य (युगेश)को मेरो देश, मकवानपुरकै बैकुण्ठ लामिछानेको फ्रेमभित्र देश, रौतहटका श्याम थापाको अन्तिम काँटी, मकवानपुरका समर्पण न्यौपानेका झिल्काहरुको पर्खाइमा, उदयपुरका सुमी पोखरेलको बुढयौली, सुनसरीको सुरज पराजुलीको पर्खाइ र सिन्धुपाल्चोकको स्मिता श्रेष्ठको द्विविधा कविता छनौट भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवि बर्तौलाले जानकारी दिए । कविता छनौटमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, बाग्लुङका कवि भूपी खड्का र काठमाडौं कवि बिन्दु शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उत्कृष्ट २० मा छनौट भएका कविहरुबीच असोज २७ गते प्रतियोगिताको आयोजना गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्रदान गरिने छ ।