हेटौंडा । बागमती प्रदेश युवा परिषद्को आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा शनिबार हेटौँडामा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० मा राष्ट्रिय युवा कविता उत्सवमा आयोजित कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुली प्रथम भएका छन ।

प्रतियोगितामा पराजुलीको “पर्खाइ” कविताले प्रथम, चितवनका कवि अन्जान प्रदीपको “कुण्डली” कविता द्वितीय, नुवाकोटका कवि एलिशा एकलासको कविता “निर्धाे बक्र रेखाहरु” तृतीय र तनहुँका कवि भिमप्रसाद सापकोटाको मेरो यात्रा कविता सान्त्वना भएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरुले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजारसहित सम्मानपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्त्यमा कवि विप्लप प्रतिकले १० वटा कविता वाचन गरे । बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।