मागेर माया पाउने भए
पिडाको पिरामिडमा
कोही उभिएर
आफू लाई
म हराउदै छु
भनेर संखघोस गर्दैन
थियो होला ,
पात्रो पल्टाउदै
आयुको दिन
गन्दैन थियो होला
अब मात्र यति दिन
भन्दै दिनहरु
छोट्याउदैन थियो होला ।
आँसुहरुले बैसाखी
बन्ने भए
पदचाप छोड्दै गरेका
पाइताला काम्दैन
थिए होलान ,
हिक्क हिक्क गर्दै
एक्लोपनले घाटिमा
हिक्का छोड्दैन
थियो होला ,
सोचे जस्तै
जीवन बाचेको भए
सिरानी भरी असरल्ल
सपनाहरू पोखिन्न
थिए होलान् ।
मां प्रेम मिरा
थप जानकारी