दर्किन मन छ मलाई
आकाश छेड्ने गरि
भिजोस् भुँई पनि
एउटा तिमी पनि
त्यो भुँई माथि भिजेको हेर्ने रहर छ

सुन्दरता आँखा मात्रै होइन
शरिरमा मात्रै पनि होइन
हिलोमा फुल्छ जसरी कमल
काँडा बीच जसरी फक्रिन्छ फुलाब
मलाई हिलो हेर्न मन छ
मलाई काँडाको सौन्दर्य नियाल्न मन छ
शिरीष फुले पछि
जसरी हेर्छौ टुप्पार टुप्पामा,
मलाई रातो शिरीष उभिएको
गर्भ हेर्न मन छ।

सुन्दरताको अर्थ
देख्नुको सापेक्षता मात्रै हुन सक्दैन
लुकेको सौन्दर्य
जसरी भिजे पछि देखिन्छ
त्यसरी हेर्न मन लागेको छ
दर्किन मन छ मलाई ,

बर्षात जस्तै
सारा सौन्दर्यहरू खन्याएर सडकमा
हेर्न मन छ एक पटक आफैलाई
भिजेर निथ्रूक्क बनेको माटो माथी।

मां प्रेम मिरा
थप जानकारी