हेटौंडा । गजल मञ्च मकवानपुरको अध्यक्षमा साहित्यकार केशव समर्पण सुवेदी सर्वसम्वत चयन भएका छन । सुवेदीको अध्यक्षतामा ९ सदस्यीय गजल मञ्च सर्वसम्वत चयन गरिएको हो ।

मञ्चनको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी आशुतोष चयन भएका छन । त्यस्तै मञ्चको सदस्यहरुमा किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी, रोशनी चौलागाई चयन भएका हुन ।

त्यस्तै मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान (२०७८) बाट सम्मानित गरिएको छ । १९०औं विशेष गजल यात्रामा सम्मान पत्रसहित सञ्जेल सम्मानित गरिएको हो । कार्यक्रममा पाँच जना कृतिकारलाई कृति प्रकाशन सम्मानबाट सम्मानित गरिएको थियो । २०७४ सालदेखि हालसम्म गजल संग्रह कृति प्रकाशनमा ल्याएका कहरका कृतिकार किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका कृतिकार एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका कृतिकार मसान उपासक र फर्कियौ किनारबाटका कृतिकार विश्वनाथ सञ्जेललाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा हास्यब्यङ्ग्यकार तथा बरिष्ठ साहित्यकार आरसी रिजाल, रमेशमोहन अधिकारी, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष चिरञ्जीवी लामिछाने, गजल मञ्च मकवानपुरका निर्वतमान अध्यक्ष देवराज तिवारी, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, गजलकार सिएम रिमाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, गजलमञ्च मकवानपुरका संरक्षक मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिति रहेको थियो ।