धेरै समय भएको छ,
एउटा पसल खोलेर बसेकोछु
बिक्रिमा राखेको छु,
थुप्रै पिडा ,अवसादहरु
चाहन्छु,
एक थान पिडा किनिदियोस कसैले ,
चाहन्छु,
पिडाको सोकेस खाली भएछी
खुशी उत्साह र उर्जाको होलसेलमा जानेछु ।
र विभिन्न खाले खुशीहरु बिक्रीलाई ल्याउने छु,
आकर्षक बोर्ड राख्ने छु र लेख्ने छु,
आउ लैजाउ सस्तो मुल्यमा केहि थान खुशीहरु ।

मां प्रेम मिरा
थप जानकारी