केवल दागहरु देखिन्छन रंगमा शृङ्गार देखिन्न
यो तेजाब परेको जिन्दगी हो सुन्दर अनुहार देखिन्न

ऊ मर्नै आटेको छ सरकार अभावको संक्रमणले
तेरो नजरमा मतदाता देखिन्छ बेरोजगार देखिन्न

मन्दिरको प्रसाद खाँदा नि दाँतमा ढुंगा लाग्यो
हे ईश्वर निधार देखिन्छ अभागी निधार देखिन्न

शौचालयका भित्तामा लगाएको रङ्ग उस्तै छ
चुनाब आएको रैनछ अचेल पार्टीको प्रचार देखिन्न