कहिलेकाहीँ मृत्यु कहाँ कहाँ फल्ने गर्छ
निकै अघि बल्खु दरबारको आरुको बोटमा फलेको थियो ।

फ़ेरि अब यतिबेला सिंहदरबारको आँगनमा उखुको बोटमा नफलोस् 
गुलियो चिनी फलाउने उखु रोपेर , नुनिलो आँसु बगाउनेहरु ।

घर लिलाम ,खेत लिलाम मात्रै आँसु बाँकी छ 
लिलाम हुन बैंकको ऋणको तुच्छ गाली बाँकी छ ।

लाउने लुगा छैन, खाने नि केही छैन, कसैले थोरै नि वास्ता गरेन 
बोल्दा बोल्दै शब्द होइन भक्कानो फुत्किन्छ ।

शब्द सकियर भक्कानो फुटाउनेहरुले 
अब के गर्नु/नगर्नु 
मर्ने कि के गर्ने भन्दै...

त्यसो नगरुन 
सायद के गर्नु 
हुँदा मन मस्तिष्क अनिर्णयको बन्दी हुँदा 
जहाँ जसरी पनि मृत्यु फल्दो होला ।
मां प्रेम मिरा
थप जानकारी