तिम्रा यादले सताउदा म बिर्सिन खोज्छु,
मेरो हृदयले त्यहि चाहन्छ,
मेरो खुशीले त्यही महत्त्व राख्छ,
विगतले त्यही पाठ सिकायो,
र त उज्ज्वल भविष्य मेरै पर्खाईमा छ!

तिम्रो यादहरुको पाना पल्टाउन निकै गार्हो रहेछ,
आगमी पाठहरुमा तिमी छैनौ भन्दा पनि
बाध्यता छ किताब पढ्नु पर्ने!

तिम्रो याद भन्ने थाहा थिएन,
तर यति थाहा पाए कि
तिमिजस्तै निस्ठुरी भने पक्कै रहेछ!

चाहेको सबै कुरा पाइन्न किनकि जीवन सम्पूर्णताको नाम हैन, 
तर सही समयको पर्खाइमा छु जसले चाहेको सबै कुरा मेरो पोल्टामा आफैँ राखिदिने छ ।

हो म ओइलाएर पक्कै झरेको छु 
तर जराबाट मरेकी छैन
फेरि फक्रने छु पहिलाको भन्दा सुन्दर बनेर
अनि सुगन्ध छर्नु छ ।
रोशनी चौलागाईं
थप जानकारी