म आगनमा लमतन्न तेर्सिएर
फ़ेरि नब्युझिने चिर निन्द्रामा निदाएको बेला
खुशी हुनेछन ,एक हुल हावाका झोकाहरु
उत्सब गर्नेछन् ,धर्ती छाड्ने गरि नाच्नेछन,
म बाट मुक्त हुन खोज्ने सासहरु,
गुणगान गाउने छन् र
ग्यालरी बाट राम्रो तस्वीर सहित पोस्ट्याउने छन्
तिम्रो गुण कहिल्यै भुल्ने छुइन भनी
जसले म बाचुन्जेल मेरो गुण कहिल्यै देखेनन,
जसलाई मैले बाचुन्जेल बैगुनीलाइ गुण मात्र लाए भनीरहे,
म मरेको दिन
जो म जीउँदै हुँदा मेरो अनुहार देखिएला कि भनेर तर्किनेहरु
मेरो आगनमा आएर कात्रो हटाइ मेरो अनुहार हेर्ने छन्
र भन्ने छन् कि किन यस्तो गर्यौ?किन यति चाडै ?
म मरेको दिन
के खायौं ?कुन चामलको भात खायौं नसोध्नेहरु कुन पिडाले मृत्यु संग अंगालो मारी सोध्ने छन् ,
आँसुका बर्षा ल्याउदै बिलौना र गुनासोका भकारी खोल्दै
भन्ने छन् कि, किन भनेनौ कि ,
यत्ती हृदय दुख्यो भनेर
बाचेको धर्ती यति काप्यो भनेर
म मरेको दिन खुशी हुनेछन् एक हुल मान्छेहरू
ती अप्रीयजनहरु जो मेरा आफ्न्तै हु भन्ने गर्थे
म मरेको दिन उत्सब गर्नेछन्
ती नजिकिएका सम्बन्धहरु
जो मलाई सम्झी अकारण दुखी हुन्थे
कुनै समय मेरो धड्कन सुन्नेहरु
सम्बन्ध मक्किएको अनुभुत गराएर
मेरो मुटु अन्तिम धड्किएको सुन्न चाहन्थे ।
मां प्रेम मिरा
थप जानकारी