।।४।। मुक्तक
आजको नव विहानीमा नयाँ आयाम थपिनेछ
नवजीवन ज्योति क्लवको पुनर्गठन गरिनेछ
ख्याति कमाएको क्लव केहि वर्ष सुस्ताएकोछ
अब नयाँ उत्साह र जांगर बोकी अगाडि बढिनेछ ।१।

सधै दिन एकै हँुदैन घाम पानी अध्यारो उज्यालो हुन्छ
मानव जिवनमा सुख र दुख उकालो र ओरालो हुन्छ
नवजीवन ज्योति क्लवको जिवनमा पनि त्यस्तै पर्याछ
नव गठित क्लवको कार्य नै प्रकाश दिने दियालो हुन्छ ।२।

नवजीवन ज्योति क्लव सबैको साझा फुलवारी बनोस्
देख्ने सुन्नेले क्लवको गतिविधि हेर्दै आहा भन्ने बनोस्
हाम्रो क्लव सामुहिक रूपमा चौघडाकै पहिचान बनोस्
क्लवको ईतिहास कालन्तर सम्म अझै जिवन्त बनोस् ।३।

नयाँ नेतृत्व अघि बढोस युवा उर्जालाई समेटेर
समाज निर्माणमा एक भै लागौं नफाली समय खेर
समयानुकुल नयाँ प्रविधिको भरपुर प्रयोग गर्दै
बुझ्यौं अहिले हामी भन्दै जब जागे तब सवेर ।४।

पूर्व अध्यक्ष, नवजीवन ज्योति क्लव, चौघडा
हालः हेटौंडा–४ चिल्ड्रेनपार्क
२०७९/९/१६-शनिवार

गणेश कुमार श्रेष्ठ
थप जानकारी