ती भर्खर पालुवा हाल्दै छन्
गाउँघरका विरुवा,
खै किन देख्न सकेन
त्यो सुन्दर प्रकृतिले,त्यो सुन्दर पालुवालाई
सायाद आफुभन्दा राम्रो हुन्छ भन्ने डरले हो कि ?
हुर्किनु अगावै असीना अनि हावाहुरुले
क्षतविक्षत बनाइदिएको !

विज्ञानको नाम दिएर किन मौलाईरहेका छौ कुहिरो ?
गन्तव्य त निकै सुन्दर छ नि
तर एकपटक नियालेर त हेर,
तिमी आफै कुरुप बनाउदै छौ !

तिम्रा ती सहासी हातहरुले बुनाका,
सुन्दर चित्रमा अटाउन देउ न मलाई
म पनि त थप्ने छु
ती एकाकर भएका गाथाहरु
र त अझै सुन्दर बनाउने छु
मेरा सप्नाका डोरीहरुले !

आउन हामि मिलेर अर्कोएउटा खुट्किला थपौ !
अनि अझै सगर्विक बनाउन,
कुहिरो फुलेको बाटो !

तिरस्कृत त्यहीँ माटोमा
हुर्काउनु पनि त छ बिरुवा !
मलजल युक्त
र त फुलाउन सुमधुर फुल
झस्काई रहेछ कुहिरो !
अब म मात्रै नियाली रहन्छु त्यहीँ कुहिरो फुलेको बाटो !

रोशनी चौलागाईं
थप जानकारी