१)
आश्वासन छरी भोट मागी के के गर्नु भयो?
सेवा सुविधाबाट भागी के के गर्नु भयो ?
बन्द गर्ने टायर बाल्ने इट्टा हान्ने बाहेक
भन्नुस अरू देशका लागि के के गर्नु भयो ?
२)
यसरी सोचेँ, आएन दु:खको घेरो जिन्दगीमा
खुशीहरु मात्रै भेटिए, सेरोफेरो जिन्दगीमा
धोका दिनेको अभाव थियो तिमीबाट पुराभयो
प्रेम गर्नेको  अभाव छैन मेरो जिन्दगीमा
३)
थपिँदै जाँदा विभेदको चोट क्रान्ति तय हुन्छ
परिवर्तन गर्ने गरेर अठोट क्रान्ति तय हुन्छ
हातहतियार चलाएर केवल मान्छे मारिन्छ मित्र
आपसमा विचारको हुँदा विस्फोट क्रान्ति तय हुन्छ
प्रचण्ड सापकोटा
थप जानकारी