सब्सिटिच्युट निको गोन्जालेजले खेलको अन्त्यतिर गोल गर्दा बार्सिलोनाले इल्चेमाथि ३-२ को संघर्षपूर्ण जीत हासिल गर्न सफल भएको छ । योसँगै बार्साले सबै प्रतियोगितामा लगातार तीनवटा हारको श्रृंखलामा पूर्ण विराम लगाएको छ ।

खेलको १६ औँ मिनेटमा फेरान जुट्ग्लाले बार्सालाई अग्रता दिलाएका थिए । लगत्तै १७ वर्षीय गाबीले ला लिगामा आफ्नो पहिलो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा दुई मिनेटको अन्तरमा टेटे मारेन्टे र पेरे मिलाले गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यमा गोन्जालेजले गोल गर्दै बार्सालाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

उता, साबिक विजता एथ्लेटिको म्याड्रिड भने सेभियासँग २-१ गोलले पराजित भएको छ । खेलको शुरुवातमा सेभियाले इभान र्याकिटिचको गोलको मद्दतले अग्रता लिएको थियो तर पहिलो हाफको मध्यतिर फिलिपेले गोल गर्दै खेल बराबरी गरे । खेलको ८८ औँ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै टोलीलाई जीत दिलाए ।

पराजयसँगै एथ्लेटिको म्याड्रिड लिगको पाँचौ स्थानमा खस्किएको छ । सेभिया ३७ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । बार्सिलोना २७ अंकसहित लिगको सातौँ स्थानमा छ ।

साभारः रातोपाटी

एजेन्सीको सहयोगमा
थप जानकारी