हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीहरुलाई दसैं मनाउन आर्थिक सहयोग प्रदान गरेको छ ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेसहितको टोली कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउनका लागि शुक्रबार ५० हजार रुपियाँ नगद सहयोग प्रदान गरेका हुन । पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीहरुलाई दसैँ एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुशीयालीपूर्वक मनाउन सहज होस् भनेर सहयोग प्रदान गरेको जानकारी दिए ।

सहयोग हस्तान्तरणका क्रममा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेसहितको उपस्थिति रहेको थियो ।