हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ भुवनचुलीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

फापरबारीबाट हात्तिसुढे तर्फ आउँदै गरेको ना १५ प ६७६३ नम्बरको मोटरसाइकल शुक्रबार विहान साँढे ९ बजे आफै अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बकैया गाउँपालिका वडा नं.७ हिरामुनि बस्ने बर्ष २१ को अजय घलान, पछाडि सवार वर्ष २३ कि रिना घलान र उनकी छोरी बर्ष २ की श्रीया घलान रहेकी छन् ।

प्रहरीका अनुसार अजयको बायाँ हात, रिनाको वायाँ खुट्टामा र वायाँ हातमा सामान्य चोट लागेको छ भने श्रीयाको टाँउको र हातमा गम्भिर चोट लागेको छ । उनीहरुको स्थानीय क्लीनिकमा उपचार गरिएको प्रहरीले जनाएको छ ।