हेटांडा । पुस २४ गतेदेखि हुने पाचौँ बकैया कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युवा तथा खेलकूद विकास समिति बकैया गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिताको संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ । बकैयाखोला दोभान नजिकैको रंगशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुस २४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका संयोजक विजय लामा थिङले जानकारी दिए । प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भईसकेको छ । उद्घाटन खेल बकैया–३ र बकैया–६ बीच खेल हुने छ ।

यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।