हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगितामा उपाधि चुम्न सफल खेलाडीहरुलाई सम्मान गरिएको छ ।

फुटबल प्रतियोगितामा बकैया ५ नम्बर वडाले विजय प्राप्त गरेकोप्रति हौसला तथा प्रोत्साहनका लागि खादा ओढाएर सम्मानपत्र वितरण गर्दै सम्मान गरिएको बकैया ५ नम्बर वडा कार्यालयका सहायक सचिव देवराज लामिछानेले जानकारी दिए ।

सम्मान कार्यक्रममा बकैया ५ नम्बर वडाका अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षता तथा बकैया खेलकुद विकास समितिका सदस्य सुनील दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बकैया ५ नम्बर वडा सदस्य अमृत थिङ्, बकैया खेलकुद विकास समिति सदस्य सिताराम स्याङ्तान, ५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष विनोद वाइवा, प्रभात माविका प्रधानाध्यापक दिपेश देवकोटा, एन्फा रेफ्री अनिल विक, प्रतियोगितामा टिम म्यानेजर रहेको बकैया ५ नम्बर वडा खेलकुद विकास समिति सदस्य वीरबहादुर घलानको आतिथ्यता थियो । यस्तै, बकैया गाउँपालिकाका बरिष्ठ लघुउद्यम विकास श्रेष्ठ, बकैया ५ नम्बर वडा सचिव सम्झना राना, खेलप्रेमी समाजसेवी निलाराम जिम्बा, निर्मल दर्लामी, नवराज तामाङ लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।