हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा साेमवार भीरबाट लडेर एकजना घाइते भएका छन ।

बकैया कोलखोप स्थित दु्रत मार्गमा काम गर्ने हेटौँडा–१७ गैरीगाउँका ३८ बर्षीय श्रीकृष्ण बिक काम सकेर क्याम्पमा फर्कने क्रममा अचानक भीरबाट लडेर घाइते भएका हुन ।

बिक भीरबाट अन्दाजी ३० मिटर तल लडेको प्रहरीको भनाई छ । बिकको टाउकोमा चोट लागेको र उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।