हेटौंडा । बाल सञ्जालले देउसी भैलोबाट उठेको रकम विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । शनिबार मनहरी गाउँपालिका वडा नं ३ को बाल सञ्जालले गत तिहारमा देउसी भैलोबाट उठेको रकम विपन्न विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।

बाल सञ्जाल मनहरीका सदस्य लिला माया तामाङको नेतृत्वमा गत तिहारमा ३ नं वडाका बाल सञ्जालको समुह देउसी भैलोमा गएका थिए । देउसी भैलोमा उठेको रु १५ हजार बराबरको रकमबाट वडा बाल सञ्जालले ६ जना विद्यार्थीलाई १ जोर न्यानो कपडा , कापी÷कलम लगायतका स्टेसनरी सामाग्री हस्तान्तरण गरिएको हो ।

३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्यालद्वारा सामाग्री वितरण गरिएको बाल सञ्जालका सदस्य तामाङ्गले बताइन् । वडाअध्यक्ष अर्यालले रचनात्मक र उदाहरणीय कार्य मार्फत विपन्न बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।